प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०८०
मृत अवस्थामा लाश फेला परे सम्बन्धी।
२०८०-०४-३२

रूकुम पश्चिम , जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ भलक्चा बस्ने बर्ष ५९ को पिताराम नेपाली मिति २०८०।०४।१७ गते घर बाट निस्किएकोमा हालसम्म सम्पर्कमा नआएकोले आज मिति २०८०।०४।३२ गते १४:३० बजेको समयमा खोजतलास गर्दै जाँदा ऐ. स्थित सिस्नेखोलि जंगलमा मृत अबस्थामा सडिगलेको छ भनि मृतकको छोरा बर्ष ३० को बिशाल परियारले जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा जानकारी गराए पश्चात तत्काल उक्त स्थानमा प्रहरी चौकी सोलावाङ बाट ४ जनाको प्रहरी टोलि घटनास्थलमा खटि गएको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट SOCO सहित ८  जनाको प्रहरी टोलि खटिगएको ।

भिरबाट लडि मानिसको मृत्यु ।
२०८०-०४-३०

रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ नयाँ गाउँ बस्ने बर्ष ५५को कालि बहादुर खत्री ऐ.४ सोलाबाङ बजार बाट घर तर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटो देखि अं. २०० मिटर तल खसि मृत्यु भएको भन्ने ऐ बस्ने स्थानिय ठान बहादुर के.सी. ले प्रहरि चौकि सोलाबाङ रूकुम पश्चिममा जानकारी गराउन साथ तत्काल उक्त चौकी बाट ३ जनाको प्रहरी टोली खटि घटनास्थलमा पुगी घटनास्थल सुरक्षित गरेको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट  SOCO सहित ८ जनाको प्रहरी टोली खटिगएको र १३:१० बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरि लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले तर्फ पठाईएको । 

जिप दुर्घटना हुदा ५ जनाको मृत्यु ४ जना घाईते ।
२०८०-०४-३०

मुगु, जिल्ला मुगु सोरु गाउँपालिका-७ चिप्लेगौडा स्थित सोरुकोट बाट सदरमुकाम गमगढि तर्फ आउदै गरेको ऐ.पिप बस्ने दिनेश बि.क.ले चलाएको ग १ ज ७७६२ नं.को बोलेरो जिप सडकबाट अन्दाजी २०० मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त गाडिमा सवार ९ जनामध्ये पाँच जनाको मृत्यु भएको र चार जना घाईते भएको र घाईतेको उपचार भईरहेको । निम्न घाइतेहरु:- १:-जिल्ला मुगु सोरु गाउँपालिका-६ बस्ने बर्ष अन्दाजी २५।२६ को शेर बहादुर रोकायको टाउको, हात, खुट्टामा चोट, अवस्था बोल्न सक्ने । २:-ऐ.७ बस्ने बर्ष २० को दिनेश लावड (चालक) को  छाति, दाया खुट्टामा चोट ,अवस्था बोल्न सक्ने । ३:-ऐ.५ बस्ने बर्ष अन्दाजी ४५ को गोबिन्द शाही दाहिने आखा र खुट्टामा चोट, अवस्था बोल्न सक्ने । ४:-जिल्ला हुम्ला अदान्चुली गाउँपालिका-२ श्रीनगर बस्ने बर्ष अन्दाजी २२ को उजिर बोहरा कम्मर र आखामा चोट ,अवस्था बोल्न सक्ने ।मृतकको नामावली १) जिल्ला हुम्ला सर्केगाड गाउँपालिका-२ रिपगाँउ बस्ने बर्ष २२ को राम परियार घटना स्थलमा मृत्यु भएको लाश मुगु सिप स्वास्थ्य चौकीमा राखिएको । २) जिल्ला हुम्ला सिमिकोट गाउँपालिका-२ ठेह बस्ने बर्ष अन्दाजी २०/२२ को प्रकाश बोहोरा सिप स्वास्थ्य चौकीमा मृत्यु भएको लाश सोही स्थानमा रहेको ।३) ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २० को राम परियार सिप स्वास्थ्य चौकीमा मृत्यु भएको लाश सिप स्वास्थ्य चौकी मा रहेको ४) जिल्ला हुम्ला खापुनाथ गाउँपालिका प्युस बस्ने बर्ष २०/२२को मिन परियार घटना स्थलमा मृत्यु लाश सिप स्वास्थ्य चौकीमा राखिएको । ५) सोरु गाउँपालिका-५ बस्ने बर्ष ३७ को लोकजंग नेपाली जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु लाश जिल्ला अस्पतालको शब गृहमा राखिएको । 

भेरी नदीमा खसि बेपत्ता भएको ।
२०८०-०४-२७

जाजरकोट, जिल्ला जाजरकोट भेरी नगरपालिका-७ पुन्मा बस्ने वर्ष अन्दाजी ४७ को नरु चन्द ऐ.शिवालय गाउँपालिका-१ छेडाचौर बजारबाट घर तर्फ पैदल जाने क्रममा ऐ.छेडागाड नगरपालिका-१३ गारातारा स्थित सुर्खेत छिन्चु जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासी चिप्लीन गई भेरी नदिमा खसेको भन्ने खबर निजको छोरा बिक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरे पश्चात उक्त चौकिबाट ११ जनाको टोलि खटिगएको र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरीटोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोलि,चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोलि खटिगएको ।  हुलिया:- सेतो टी-सर्ट,निलो जिन्स पेन्ट,कालो जुत्ता लगाएको,शरिर पातलो जुँगा दाह्रि पालेको भेरी नदिमा खस्न गई वेपत्ता भएको । 

च्याउ खोज्ने क्रममा मानिसको मृत्यु ।
२०८०-०४-२६

मुगु,  जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका वडा न.१४ बाम बस्ने बर्ष अन्दाजी ५५ को मन बहादुर बडुवाल च्याउ खोज्न जान्छु भनी ऐ.ऐ.स्थित घर देखि माथि रहेको बयभिर भन्ने जङ्गलमा गएको र निज घर फर्कि नआएकोले खोजतलास गर्दै जाने क्रममा निज मृत अवस्थामा फेला परेको छ भनि निजको भाइ नाता पर्ने ऐ.ऐ.बस्ने रतन बहादुर बडुवालले अस्थायि प्रहरी पोष्ट बाम मुगुमा जानकारी गराए पश्चात उक्त पोस्टबाट ५ जनाको प्रहरी टोली र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट ६ जनाको प्रहरी टोलि खटि गएको । घटना स्थल कार्य पुरा गरी लास पोष्टमाटम को लागी जिल्ला अस्पताल मुगु तर्फ पठाईएको ।

पुरूष व्यक्ति मृत अवस्थामा फेला परे सम्बन्धी ।
२०८०-०४-२४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ खोलिगाउँ स्थित जंगलमा पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने अस्थायि प्रहरी बिट लाटिकोईलीमा खबर भएपश्चात उक्त बिटबाट ३ जनाको प्रहरी टोली खटिगई ऐ.१२:३० बजे घटनास्थल पुगि बुज्दा जिल्ला बाँके जानकी गाउँपालिका घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढीमा सडकको काम गर्ने बर्ष १८/१९ को बिष्णु रैदास आज मिति २०८० ।०४।२४ गते विहान ०९:०० बजे आफु संगै काम गर्ने अन्य ८ जना साथिहरु संगै च्याउ टिप्न भनि गएकोमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा मृत अवस्थामा रहेको साथमा गएका मृतकका ८ जना साथिहरु घटनास्थलमा नै रहेको, थप अनुसन्धानको लागि तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ६ जनाको प्रहरी टोली खटिएको । 

छोराले लाठि प्रहार गर्दा आमाको मृत्यु ।
२०८०-०४-२३

सल्यान, जिल्ला सल्यान शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने दल ब.भण्डारीको छोरा वर्ष २३ को नबिन भण्डारी घरमा आमाबुवासँग बस्दै गरेकोमा एक्कासी शरिरमा देउता चढी आमाबुवा सुत्ने कोठामा गई वर्ष ४८ की शारदा भण्डारीलाई पैँयाको लठ्ठीले टाउकोमा हानि घटनास्थलमै मृत्यु भएको भनि ऐ.बस्ने स्थानिय ओपेन्द्र भण्डारीले ऐ.०६:०० बजे टेलिफोन मार्फत अस्थायी प्रहरी पोष्ट स्यानिखालमा खबर गरे पश्चात उक्त स्थानमा स्यानिखाल पोष्टबाट ४  जनाको प्रहरी टोली खटि गएको अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यानबाट  Soco सहित ६ जनाको प्रहरी टोली खटिई गएको ।

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा ।
२०८०-०४-२३

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला बस्ने बर्ष अन्दाजी ४२ को केशव घर्तिको घरमा प्रहरी चौकि सुब्बाकुनाबाट खटिएको ५ जनाको प्रहरी टोलिले २(दुई) नाल भरूवा बन्दुक बरामद गरि निज केशब घर्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै जाँदा ऐ. १३ सिडेनि बस्ने बर्ष अन्दाजी ४८ को जंग बहादुर राईको घरमा लुकाई छिपाई राखेको अवस्थामा थप १ नाल भरुवा बन्दुक फेला पारेको र निज जंग बहादुर राई बिगत १ बर्ष देखि घरमा नभएको भनि श्रीमति बर्ष अन्दाजी ४० की बिमला राईबाट बुझीन आएको घरमा अरू कोही नभएको, बिमला राईलाई भोलि उपस्थित हुने गरी जिम्मा लगाई छाडिएको ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०४-१८

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-७ बस्ने बर्ष २८ को भिमराज रावल, ऐ. बस्ने हिक्मत रावल र अमिर के.सी.को साथबाट जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले  शंका लागी चेकजाँच गर्दा भिमराज रावलले खल्तीमा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ १ पुरीया र ऐ.बस्ने हिक्मत रावल र अमिर के.सी. को घरमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट SOCO सहित खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा निज भिम रावलको घरको कोठामा ५०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र ५ ग्राम ४० मिलीग्राम चरेस जस्तो देखिने कालो पदार्थ र अमिर के.सि. को घरमा खानतलासी गर्दा घरको सुत्ने कोठाबाट ३५० मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारी रित पुर्वक बरामद गरी निज हिक्मत रावल र भिमराज रावल प्रहरी नियन्त्रणमा रहेको र अमिर के.सी फरार रहेको खोजतलास कार्य भईरहेको ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०४-०९

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको भे८प६७६१ न.को मोटरसाईकल लाई ईलाका प्रहरि कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडि सवार जिल्ला दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने बर्ष २१ को सागर के.सि.ले बोकेको लेदर झोलाको साईड गोजिमा लुकाएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद गरी मोटरसाईकल चालक जिल्ला दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने बर्ष अन्दाजी २२ को सन्दिप गुरुङ सहित दुबै जनालाई नियन्त्रणमा लिएको ।  प्लाष्टिक सहित ६६० मिलिग्राम नापतौल गर्दा शुद्ध ४३० मिलिग्राम लागूऔषध रहेको ।

फरार प्रतिवादी पक्राउ ।
२०८०-०४-०७

सल्यान, जिल्ला अदालत सल्यानबाट निम्न मुद्धामा जरिवाना तोकी फरार रहेका निम्न प्रतिवादीहरुलाई घरमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ३ जनाको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यालनमा ल्याई राखेको आवश्यक कारवाहीको लागी जिल्ला अदालत सल्यानमा लैजाने पहल भईरहेको ।निम्न:-                                                                                 १) अभद्र व्यबहार मुद्धामा ५ हजार जरिवाना तोकिएको जिल्ला सल्यान शारदा नगरपालिका-१५ बस्ने वर्ष २१/२२ को करन वादी । २) लुटपाट मुद्धाको फरार प्रतिवादी ऐ.ऐ.५ बस्ने वर्ष ३५/३६ को राजेन्द्र बहादुर महतरा 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०४-०१

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका ५ स्थित चेक पोष्ट अगाडी नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको भे.५ प २८६६ न. को स्कुटी लाई अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न व्यक्तिहरुको साथ बाट शुद्ध तौल १ ग्राम ४२० मिलि ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी स्कुटि सहित मानिस नियन्त्रनमा लिएको ।निम्न:-१. स्कुटर चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ बस्ने वर्ष अ.३० को दिपेन्द्र रोकाय । २. पछाडि सवार ऐ.ऐ ७ बस्ने वर्ष अ. ३० को दिपक गौली निजको साथबाट ला.औ. फेला परेको 

अधिक लोड >>
कम देखाउनुहोस् <<